नियम ११
परिचयपत्र, पोशाक लगाउनु पर्ने
(१) निजामती कर्मचारीले कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनु पर्नेछ ।
(२) निजामती कर्मचारीले मर्यादित किसिमको पोशाक लगाउनु पर्र्नेछ ।
(३) कुनै कार्यालयका निजामती कर्मचारीको लागि पोशाक निर्धारण गरिएकोमा त्यस्तो कार्यालयमा कार्यरत निजामती कर्मचारीले कार्यालयमा रहँदा तथा कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा त्यस्तो पोशाक लगाउनु पर्नेछ ।